काठमाडौं । प्रचण्डको साथ छोडेका नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले आज विशेष पत्रकार सम्मेलन गर्दैछन् । माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलहरुसँग एकता प्रक्रियामा असहमति जनाउँदै आएका उनले ललितपुरको बखुण्डोलस्थित सत्कार क्याफेमा दिउँसो साढे २ बजे विशेष पत्रकार सम्मेलन गर्ने भएका हुन् ।
माओवादी केन्द्रलाई पुनर्गठन गर्ने बताउँदै आएका शर्माले आज पत्रकार सम्मेलनमार्फत वाम प्रगतिशील ध्रुवीकरण घोषणा गर्ने बताइएको छ । माओवादी केन्द्र र एकीकृत समाजवादी सहितका ८ घटकबीच यही कात्तिक १६ गते पार्टी एकता गर्ने सहमति भएको थियो । उनीहरुले कात्तिक १९ गते काठमाडौंको भृकुटीमण्डपमा एकता घोषणा सभा आयोजना गर्दैछन् ।
विभिन्न दलहरुसँग माओवादीले एकता गर्ने सहमति गरेपछि नेता शर्माले पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफु नयाँ पार्टीमा बस्न नसक्ने बताएका थिए ।

                    








प्रतिक्रिया