माओवादीकाे महाधिवेशन आयाेजक समितिकाे बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे बस्ने बताईएकाे छ। नेकपा एकीकृत समाजवादीसहित ९ दलबिच भएको एकता सहमति अनुमोदनका लागि बैठक बस्न लागेको हो ।

नेता हरिबोल गजुरेलले पछिल्लो सचिवालय बैठकले निर्णय गरेका एजेन्डा र ९ दलबिच भएको सहमति अनुमोदन गरेर बैठक सकिने जानकारी दिए ।

यही कात्तिक १६ गते नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनसमाजवादी पार्टी नेपाल, नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी, नेकपा समाजवादी, ने.क.पा. माओवादी समाजवादी र ने.क.पा साम्यवादीबीच एकताको सहमति भएको थियो । उनीहरुले कात्तिक १९ गते काठमाडौंको भृकुटीमण्डपमा एकता घोषणा सभा आयोजना गर्दैछन् ।