सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी छ।

बैठकमा आगामी निर्वाचन र वर्तमान राजनीतिक तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ।

बैठकअघि प्रधानमन्त्री सुशीला कार्कीले सबै मन्त्री र सचिवहरूसँग छलफल गरेकी थिइन्।

उक्त बैठकपछि मन्त्रिपरिषद् बैठक बसेको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ।