काठमाडौं । पार्टी एकताको निर्णय लिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल बरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई लिएर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललई भेट्न आलोकनगर पुगेका छन् ।
अहिले तीन नेताका बीचमा छलफल चलिरहेको छ । पार्टी एकताको सहमतिपश्चात थप महत्त्वपूर्ण छलफलका लागि उनीहरू जुटेको नेताहरूले बताएका छन् ।
हिजोमात्रै माओवादी–समाजवादीसहित आठ दलले एकता गर्ने घोषणा गरेका थिए । पार्टीको चुनाव चिन्ह तारा राखेका यी आठ दलले पार्टीको नाम भने घोषणा गर्न बाँकी रहेको छ ।










प्रतिक्रिया