काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सर्वोच्च अदालतका विगतका नजिरका आधारमा संसद् पुनर्स्थापना हुने दाबी गरेका छन्।
आज प्रेस चौतारीको केन्द्रीय कार्यालयमा पुगेका महासचिव पोखरेलले सञ्चारकर्मीहरूसँग कुरा गदै सुशीला कार्की नेतृत्वको सरकारलाई जनता र संसद्ले नचिनेको बताउँदै विगतमा सर्बोच्च अदालतले संसद पुनर्स्थापनाका लागि खेलेको भूमिकाको आधारले पनि संसद पुनःस्थापना हुने दाबी पेश गरेका हुन् ।
उनले भने, ‘जनताबाट निर्वाचित बहुमतप्राप्त सरकारले विघटन गर्दा पनि विघटन गर्न पाइँदैन भन्ने सर्वोच्च अदालतले जनता, प्रतिनिधि सभा र संविधानले चिन्दै नचिनेको सरकारले गरेको विघटनलाई सदन गर्ला भन्ने विश्वास गरेका छैनौँ।’
उनले संवैधानिक परीक्षणमा अहिलेको सरकार खरो उत्रिन सम्भव नभएको जिकिर गरे। उनले कांग्रेस बैठकबाट बाहिर निस्केपछि साझा धारणा बनेर मुलुकलाई संवैधानिक बाटोमा फर्काउने बताए।










प्रतिक्रिया