काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली को उपस्थितिमा एमालेले युथ भोलेन्टियर फोर्स घोषणा गरेको छ ।
आज डुण्डुमा आयोजित एक कार्यक्रमबीच युथ भोलेन्टियर फोर्स घोषणा गरिएको हो । घोषणा सभामा एमाले अध्यक्ष ओली र उनकी पत्नी राधिका शाक्यको उपस्थितिमा रहेको थियो ।
भेलामा एमाले अध्यक्ष ओलीसहित ओली पत्नी शाक्य यस्तै एमाले नेता तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, महेश बस्नेत, युवा संघका अध्यक्ष क्षितिज थेबेलगायतका नेता देखिएका छन् ।
जेन–जी आन्दोलनपछि पार्टीका नेता महेश बस्नेत र युवा संघको सुरक्षामा ओली दम्पती रहँदै आएका छन् । युथ भोलेन्टियरको घोषणाले नेकपा एमालेको युवा दस्ता पार्टीका लागि रक्षात्मक र आक्रमक रुपमा अघि बढ्ने देखिएको छ ।










प्रतिक्रिया