हर्क साम्पाङले पाए दल दर्ताको प्रमाणपत्र

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले दल दर्ताको प्रमाणपत्र पाएको छ । सो पार्टीका अध्यक्ष हर्क साम्पाङ आज निर्वाचन आयोग पुगेर दल दर्ताको प्रमाणपत्र लिएका हुन् ।

साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको चुनाव चिह्न माटो रहेको छ ।

सो पार्टीमा २८ जना केन्द्रीय सदस्य र पाँच जना पदाधिकारी रहेका छन् । पार्टीको उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई, कोषाध्यक्ष समिता राई रहेका छन् । यस्तै प्रवक्तामा अरुण गुरुङ रहेका छन् ।

गत असोज १२ गते आइतबार साम्पाङ आफैं निर्वाचन आयोग उपस्थित भएर दल दर्ताको निवेदन दिएका थिए ।