दाईको हत्या अभियोगमा भाइ पक्राउ

काठमाडौं । नवलपरासी पश्‍चिम, आफ्नै दाई ३६ वर्षीय कृष्ण बहादुर शाहीको हत्या गरेको अभियोगमा बर्दघाट नगरपालिका–१ पुनर्बास बस्ने ३४ वर्षीय चित्र बहादुर शाहीलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।


चित्र बहादुरले कोदालोको बिड लगायतले प्रहार गर्दा कृष्णको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले चित्र बहादुरलाई पक्राउ गरेको हो ।


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।