पार्टी संयाेजनकाे जिम्मा भुसाललाई

काठमाडौं । यथास्थितिमा माओवादी केन्द्रसँगको पार्टी एकता प्रक्रियामा नजाने अडान लिएका नेकपा एकीकृत समाजवादीका नेताहरूकाे भेलाले पार्टी संयाेजनकाे जिम्मा महासचिव घनश्याम भुसाललाई दिएकाे छ ।

सुकेधारामा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भूसाल सहित १०७ जना केन्द्रीय सदस्यहरूको भेला भएको थियो । भेलाले पार्टी पुनर्गठन र अरु वाम शक्तिहरुसँग एकताका निम्ति संयोजन गर्ने जिम्मा महासचिव भुसाललाई दिएको हाे ।

सबै कम्युनिष्ट पार्टीहरूको पुनर्गठन गरी शीर्ष नेताहरूलाई फरक भूमिकामा राख्ने र बाँकीले कार्यकारी नेतृत्व लिने कामको पहलकदमी गर्ने जिम्मा महासचिव घनश्याम भुसाललाई दिइएको हो । हिजाेकाे भेलामा ८३ जनाले  आफ्नो भनाइ राखेका जनाइएको छ ।