काठमाडौं । नेकपा एमालेको सचिवालय आज बैठक बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बिहान ११ बजेदेखि डाकिएको बैठकको मूल एजेण्डा महाधिवेशको तयारी र जनपरिचालन रहेका छन्।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सचिवालय बैठक आसन्न पोखरा महाधिवेशनमा केन्द्रित हुने बताए । महाधिवेशनको क्यालेन्डर, प्रतिनिधि चयनको मोडालिटीसहित व्यवस्थापन र निर्वाचन तालिकाबारे बैठकले निर्णय गर्नेछ ।










प्रतिक्रिया