माओवादी केन्द्रकाे सचिवालय बैठक बस्दै

काठमाडौं । पार्टी एकताबारे निर्णय लिनका लागि नेकपा माओवादी केन्द्रले महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बोलाएको छ । बैठक दिउँसो ३ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने भएको हो ।

बैठकमा नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी लगायत पार्टीसँग, एकता, पदीय व्यवस्थापन, मोडिलाटी लगायत विषयमा छलफल हुने नेता देवेन्द्र पौडेलले जानकारी दिए । शुक्रबार सम्पन्न एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्ने निर्णय गरेको थियो ।