काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्र र महिन्द्र राय यादव नेतृत्वको नेसपासँगको एकतालाई अनुमोदन गर्ने निर्णय गरेकाे छ ।
बुधवारदेखि धुम्बाराहीमा जारी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकको निष्कर्ष सुनाउँदै पार्टी अध्यक्ष नेपालले एकता प्रस्ताव सर्वसम्मतले अनुमोदन भएको सुनाएका हुन् ।
यद्यपि, बैठकमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीसहित ६० भन्दा बढी नेताले पार्टी पुनर्गठन र एकताविरुद्ध धारणा राखेका थिए ।

 
                    








प्रतिक्रिया