काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफू र आफ्ना सहयोगीहरू चुनाव लड्न नपाए देशमा फेरि चुनाव नै नहुने भन्दै धम्कीपूर्ण अभिव्यक्ति दिएका छन् ।
यो अभिव्यक्ति उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज आयोजना गरेको राजनीतिक संवादमा दिएका हुन् । चौधरीले आफूसँगै लक्ष्मण थारु र धनिराम थारुले चुनावमा भाग लिन नपाए देशमा चुनाव नहुने दाबी गरेका हुन् । ‘चुनाव रेशम थारु, लक्ष्मण थारु र धनिराम थारुले यो चुनावमा भाग लिन पाएनन् भने म यस मञ्चबाट भन्छु यो देशमा फेरि चुनाव हुँदैन,’ उनले भने।
‘सिङ्गो समुदायको विद्रोहलाई पन्छाएर चुनाव हुन्छ ?’ भन्दै उनले नेपाली कांग्रेस, एमाले, शेरबहादुर देउवा, केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनमत पार्टी (जेनजी) को इतिहासलाई चुनौती दिएका छन् । यसबाहेक, चौधरीले जनमत पार्टीका नेता पुरुषोत्तम यादवले आफूलाई चुनाव लड्न नदिने र नेता बन्न नदिने भन्दै हिँडेको आरोप लगाए ।
‘अहिले चुनाव लड्न दिन्नँ भन्छन् । पुरुषोत्तम यादवजीले भन्नुभयो, नेता हुन दिन्नँ भन्छन् । देश परिवर्तन गर्ने हामी, संविधानमा अधिकार ल्याउनुपर्छ भनेर लड्ने हामी, कलम चलाउनेले फैसला गरिदिने रु अनि त्यो फैसलालाई हामीले मानिदिनुपर्ने रु’ उनले आक्रोश पोख्दै भने ।

 
                    








प्रतिक्रिया