खगेन्द्र सुनारसँग पचास हजार धराैटी माग

काठमाडौं । श्रम मन्त्री बन्न लाग्दा विभिन्न काण्ड बाहिरिएपछि सपथग्रहण रोकिएका खगेन्द्र सुनारसँग काभ्रेपलाञ्चोक जिल्ला अदालतले ५० हजार धरौटी माग गरेको छ।

विद्युतीय कारोवार ऐन बमोजिम पक्राउ पुर्जी जारी भएपछि फरार रहेका सुनार आजै अदालतमा हाजिर भएका थिए । थुनछेक बहसपछि अदालतले ५० धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

जिल्ला न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको एक इजलासमा भएको थुनछेक बहसपछि पछि ठहर बमोजिम हुनेगरी ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । उनीविरुद्ध अधिवक्ता मनिषा गौतमले साइबर अपराधको जाहेरी दिएकी थिइन् ।