भाषण गर्दागर्दै ढलेका नेता गाैतमकाे निधन

काठमाडौं । बुटवलमा एक कार्यक्रममा भाषण गर्दागर्दै एमाले निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ ।

रुपन्देहीमा १३ वटा उद्योगमा भएको विद्युत् कटौतीको विरोधमा आयोजित कार्यक्रममा सहभागी भएका गौतम बिहीबार दिउँसो कार्यक्रममा भाषण गर्दै गर्दा अचानक ढलेका थिए ।

उनलाई तुरुन्तै उपचारका लागि तिलोत्तमा नगरपालिकास्थित मणिग्रामको क्रिमसन अस्पताल पु¥याइएको थियो । तर चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका छन् ।

एमाले रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरेले गौतमको मृत्यु भएको पुष्टि गरेका छन्। कार्यक्रममा सम्बोधन गर्दै उनले सरकारले उद्योगहरूलाई फसाएको आरोप लगाएका थिए । उनले श्रमिकहरूलाई एकजुट भएर आन्दोलनमा उत्रिन आह्वान गर्दै भाषण गरिरहेका बेला बेहोस भई ढलेका थिए ।