काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन ईन्कार गरेकाे छ । आज भएको सुनवाइपश्चात सर्वोच्चको संवैधानिक इजलासले कारण देखाऊ आदेश मात्रै जारी गरेको छ ।
विघटनविरुद्ध १६ वटा रिट निवेदन थिए । सबैमा एकै आदेश जारी भएको छ । आदेशमा भनिएको छ, ‘निवेदकको माग बमोजिमको आदेश किन जारी नपर्ने हो कानून बमोजिमको आधार र कारण खुलाइ यो आदेश प्राप्त भएको मितिले ७ दिनभित्र महान्यायाधीवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्नु ।’
यस विषयमा अन्तरिम आदेश जारी गरिरहनु नपर्ने इजलासले जनाएको छ ।










प्रतिक्रिया