माईतिघर मण्डला बालेन, सुदन र गृहमन्त्री समर्थककाे प्रदर्शनस्थन बनेकाे छ: शंकर पाेखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माईतिघर मण्डला कुनै एक पक्षका लागि मात्रै नभएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै माइतीघर बालेन, सुदन वा गृहमन्त्रीका समर्थकहरूको मात्रै प्रदर्शनस्थल बनाउनु कानूनी सिद्धान्तमाथिको उपहास भएको बताउदै असन्तुष्टि जनाएका छन् ।

उनले भनेका छन्- माईतिघर मण्डला कुनै एक पक्षका लागि मात्रै होइन- सबैका लागि हो। बालेन, सुदन वा गृहमन्त्रीका समर्थकहरूको मात्रै प्रदर्शनस्थल बनाउनु कानूनी सिद्धान्तमाथिको उपहास हो।