काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रमाथि चुनौती खडा गरिएको भन्दै चुनौतीलाई सामना गर्नुपर्ने बताएका छन् ।
नेपाल संवतको शुभकामना दिँदै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले राष्ट्रिय स्वाधीनता र राष्ट्रको हितमा एकताबद्ध नेपाली नै हाम्रो शक्ति भएको बताएका छन् ।
‘आज नेपाल संवत् ११४६ को पहिलो दिन, अर्थात् नयाँ वर्षारम्भ । हाम्रो सांस्कृतिक विविधता र मौलिकताको रक्षा गरेर हामीले राष्ट्रिय एकतालाई बलियो बनाउनु पर्छ’, उनले भनेका छन्, ‘राष्ट्रिय स्वाधीनता र राष्ट्रको हितमा एकताबद्ध नेपाली–हाम्रो शक्ति हो ।’
ओलीले विविधतालाई भिन्नतामा होइन सार्थक एकतामा बदल्दै सद्भावको सुगन्ध फैलाउनुपर्नेमा जोड दिएका छन् । उनले भनेका छन्, ‘राष्ट्रमाथि खडा गरिएको चुनौतीलाई सामना गरौं । सबैलाई सुख, शान्ति, समृद्धि र प्रगतिको कामना, नेपाल संवत् ११४६ को हार्दिक शुभकामना !’
प्रतिक्रिया