काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज विभिन्न ७ राजनीतिक दलका नेतासँग छलफल गर्दै छिन् ।
कार्कीले राष्ट्रिय मान्यता प्राप्त सात दलका २, २ जना प्रतिनिधिसँग निर्वाचन तयारीबारे छलफल गर्न लागेकी उनकाे सचिवालयले जनाएकाे छ । छलफल आज दिउँसो ४ बजेका लागि तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचन तयारीबारे प्रधानमन्त्रीले विभिन्न दलका नेतासँग अलग–अलग वार्ता तथा छलफल गर्दै आएकी थिइन् । तर, यसपटक भने उनले संयुक्त रुपमा दलका प्रतिनिधिसँग छलफल गर्न लागेकी हुन् ।
प्रधानमन्त्रीले कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपासहितका दलका नेतासँग निर्वाचन तयारीको विषयमा छलफल गर्न लागेकी हुन् ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन केपी ओली नेतृत्वको सरकार हटेर बनेको कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गराउने म्यान्डेट पाएको छ ।
निर्वाचनबारे दलसँग छलफल नगरेको भन्दै नेताहरूले सरकारको आलोचना गरिरहेको बेला उनले दलका नेतासँगको छलफल तय गरेकी हुन्।
प्रतिक्रिया