काठमाडौं । इजरायलमा मारिएका विपिन जोशीको आज कञ्चनपुरस्थित महाकाली नदी किनारमा अन्त्येष्टि गरिँदै छ ।
इजरायलबाट काठमाडौं हुँदै सोमबार बेलुका भीमदत्त नगरपालिका–३ भाषीस्थित घर पुर्याइएको उनको शवयात्रा बिहान ८ बजे भीमदत्त नगरपालिकाबाट सुरु भई महाकाली नदीको भुजेला घाट लगिने छ ।
राति अबेर घरमा शव पु¥याइएकाले आज बिहान महाकाली नदी किनारमा लगेर अन्त्येष्टि गर्न लागिएको हो । विपिनको शव परिवारलाई हस्तान्तरण गर्न नेपालस्थित इजरायली दूतावासका अधिकारी विपिनको घरसम्म पुगेका थिए ।
दुई वर्षअघि अध्ययनको सिलसिलामा इजरायल पुगेका विपिनको हमास लडाकुको नियन्त्रणसँगै हत्या भएको थियो । तिहारको बेला विपिनको शव घर आइपुग्दा सन्नाटा छाएको छ ।
प्रतिक्रिया