कैलाली । कैलालीमा मलामी बोकेको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।
बर्दगोरिया गाउँपालिका–४ बाट चिसापानीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९५१ नम्बरको ट्याक्टर लम्कीचुवा नगरपालिकाअन्तर्गत पर्ने धोबेनी खोलामा आज दुर्घटना हुँदा बर्दगोरिया गाउँपालिका–४ का ६४ वर्षीय दानबहादुर साउद, ३४ वर्षीय हर्क साउद र १६ वर्षीय शीतल साउदको घटनास्थलमै मृत्यु भएको डीएसपी टेकबहादुर जोराले जानकारी दिए ।
घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया