काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दैछन् ।
दिउँसो एक बजे कोटेश्वरस्थित होटल ए वान भेन्यूमा सम्पादकहरूसँग छलफल गर्न लागेका उनको सचिवालयले जानकारी दिएको छ।
कार्यक्रम प्रेस चौतारीले आयोजना गरेको हो ।
हालै सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले वर्तमान सरकार गठन र संसद विघटन असंवैधानिक भएको ठहर गर्दै पुनर्स्थापनाको माग अगाडि सारेको छ ।
गएको भदौ २४ गते जेनजी आन्दोलनको क्रममा सत्ताच्युत भएपछि ओलीले पहिलोपटक पत्रकारसँग अन्तरक्रिया गर्न लागेका हुन्।
सत्ताच्युत भएपछि वर्तमान सरकारविरुद्ध उनले कटाक्षपूर्ण अभिव्यक्ति दिँदै आएका छन् ।
प्रतिक्रिया