तनहुँ । जे–नजी आन्दोलनका क्रममा भएको विध्वंशमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङको हात रहेको भन्दै उनीहरुविरुद्ध तनहुँमा पनि किटानी जाहेरी परेको छ ।
नेकपा एमालेनिकटका जनसंगठनका नेता–कार्यकर्ता जुलुससहित जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर किटानी जाहेरी दिएका हुन् । जाहेरी दिनेमा अनेरास्ववियु तनहुँका संयोजक आशिष पौडेल र युवा संघका अध्यक्ष सुरेन्द्र तामाङ रहेका छन् ।
जेन–जी आन्दोलनको क्रममा देशको मुख्य प्रशासनिक, न्यायापालिका भवन, निजी सम्पत्ति तोडफोड, आगजनी र लुटपाट गर्ने, प्रहरी तथा विद्यार्थीको ज्यान जाने गरी भिडहरूलाई उक्साए आरोप जाहेरीमा उल्लेख छ ।
भिडलाई उक्साएको सामाजिक सञ्जालका फोटो, भिडिओ, स्टाटसजस्ता प्रमाण उनीहरुले बुझाएका छन् ।
प्रतिक्रिया