काठमाडौं । सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड कायम गरेको छ ।
सुनको मूल्य आज एकैदिन तोलामा २ हजार रुपैयाँले बढेर २ लाख ५० हजार नाघेको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा २ हजारले बढेर २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ ।
हिजो सुनको मूल्य २ लाख ४८ हजार ९ रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्यमा पनि ३५ रुपैयाँले बढेर ३ हजार २७५ रुपैयाँ कायम भएको हो । हिजो चाँदीको मूल्य ३ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया