पूर्व मन्त्री शाहले किन छोडे माओवादी केन्द्र ?

काठमाडौं । पूर्व विज्ञानमन्त्री गणेश शाहले नेकपा माओवादी केन्द्र वपरित्याग गरेका छन् ।

हिमालय टेलिभिजनको कार्यक्रम ‘समय सन्दर्भ’मा बोल्दै उनले आफू ७५ वर्ष पुगिसकेको र जेनजी आन्दोलनको सकारात्मक पक्षलाई ख्याल गर्दै ‘राजनीतिबाट अवकाश’ लिएको बताएका हुन् ।

योसँगै माओवादी केन्द्र समेत छाडेको बताउँदै उनले भनेका छन्, ‘अब म माओवादीको नेता रहिनँ, सदस्य पनि रहिनँ ।’

शाह भंग भएको माओवादी केन्द्रीय समितिमा सचिव थिए ।