काठमाडौं । नेपाल आगामी वर्ष भारत र श्रीलङ्कामा हुने आइसिसी टी-२० विश्वकप क्रिकेटका लागि छनोट भएको छ ।
आइसिसी टी२० विश्वकप एसिया-इएफी छनोट अन्तर्गत आज भएको सुपर सिक्सको खेलमा कतारले जापानलाई तथा युएईले सामोआलाई हराएपछि नेपाल र ओमान एक आपसमा खेल्नुअघि नै विश्वकपमा छनोट भएका हुन् ।
नेपाल र ओमानबीच आजै राती हुने खेलको विजेताले टी२० विश्वकपमा स्थान बनाउने समीकरण थियो । तर त्यसअघिका भएका दुवै खेलको नतिजा आफू अनुकूल आएपछि नेपाल र ओमानले सुपर सिक्समा दुई खेल खेल्नुअघि नै विश्वकपको टिकट काटेको हो ।
सुपर सिक्समा नेपाल र ओमानले यसअघि नै लगातार दुई खेल जित्दै समान ६ अंक जोडिसकेको छ । सुपर सिक्समा शीर्ष तीनमा रहने टोली विश्वकप पुग्ने प्रावधान छ ।
प्रतिक्रिया