गुल्मी । जबरजस्ती करणी मुद्दामा नख्खु कारागारमा रहेर जेनजी आन्दोलनका क्रममा फरार एक कैदी गुल्मीबाट पक्राउ परेका छन् ।
धुर्कोट गाउँपालिका वडा नं ७ थेप्चेका ३६ वर्षीय साजन अर्याललाई प्रहरीले घरमै लुकेको अवस्थामा पक्राउ गरेको हो ।
गोप्य सूचनाका आधारमा प्रहरीले उनलाई मंगलबार घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।
जबर्जस्ती करणी मुद्दामा नख्खु कारागार ललितपुरमा रहेका अर्याल जेनजी आन्दोलनका क्रममा फरार भएका थिए ।
प्रतिक्रिया