काठमाडौं । विपिन जोशीको हत्या दुई वर्ष अघि नै भएको रहस्य खुलेको छ ।
इजरायलस्थित दूतावासका अनुसार, हमासले हस्तान्तरण गरेको शवको डीएनए परीक्षणबाट कञ्चनपुरका विपिन जोशीको सन् २०२३ को अन्त्यतिर नै हत्या भएको पुष्टि भएको हो।
उनको मृत्यु प्राकृतिक नभई हत्या भएको रिपोर्टमा उल्लेख छ।
विपिनको शव अन्तर्राष्ट्रिय रेडक्रस आईसीआरसी मार्फत इजरायली सैनिक अस्पतालमा परीक्षण गरिएको हो । औपचारिक जानकारी अझै दूतावास वा परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छैन ।
अध्ययनका क्रममा इजरायल पुगेका जोशीलाई हमासले गत अक्टोबर ७, २०२३ मा किबुत्ज क्षेत्रमा आक्रमणपछि बन्धक बनाएको थियो। दुई वर्षपछि उनको मृत्युको पुष्टि भएको हो ।
प्रतिक्रिया