काठमाडौं । पूर्वसभामुख एवम् माओवादी नेता कृष्णबहादुर महरामाथि थुनछेक बहस आज हुँदै छ । भेपमा लुकाएर सुन तस्करी प्रकरणमा पक्राउ परेका उनको काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस हुने भएको हो ।
थुनछेक बहसपछि न्यायाधीशले उनलाई धरौटीमा छाड्ने कि थुनामै राख्ने भन्ने आदेश सुनाउने छन् । तीन वर्ष अघिको सुन तस्करी प्रकरणका आरोपी महरालाई सीआईबीले आइतबार पक्राउ गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले असोज २७ गते उनीविरुद्ध मुद्दा दर्ता पनि गरेको थियो ।
उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ ।
उनीमाथि विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप छ ।
प्रतिक्रिया