मधेश प्रदेशका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिदै

बिराटनगर ।मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासकाे मत लिदैछन् । २५ जेठ २०८२ मा नेकपा एमालेसहित ६ दलको ५५ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका सिंहले गत भदाै २४ गते राजिनामा दिएका थिए ।

जनमत पार्टीका अध्यक्ष डा.सिके राउतको निर्देशनमा गत २४ भदौमा सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका सिंहले पछि राजीनामा नदिने अडान लिएका थिए ।

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले सरकारबाट समर्थन फिर्ता लिएसँगै शिक्षामन्त्री रानीकुमारी तिवारीले राजीनामा दिएकी छन् । जनमत, कांग्रेस र एमालेले पनि समर्थन फिर्ता लिएपछि सिंहसँग हाल लोसपाका ८ सांसदको मात्र समर्थन छ ।

१०७ सदस्यीय मधेश प्रदेश सभामा सरकार टिकाउन ५४ सांसदको समर्थन चाहिन्छ । जनमतका संसदीय दलका नेता महेशप्रसाद यादवले २८ भदौमा प्रदेश प्रमुख र ३१ भदौमा सभामुखलाई पत्र पठाएर सिंह र दुई मन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका थिए । ८ असोजमा कांग्रेस र २२ असोजमा एमालेले समर्थन फिर्ता लिएपछि सिंह अल्पमतमा परेका हुन् ।

यता, कांग्रेस, एमाले र जनमतले ५८ सांसदको समर्थनसहित कांग्रेस नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउन दाबी पेस गरिसकेका छन् । सिंहले विश्वासको मत नपाउन भएपनि सदनमा आफ्नो कुरा राख्नका लागि विश्वासको मत लिन लागेको जनाएका छन् ।  उनले जनमतको असहयोगलाई पार्टीभित्रको इगो र आफ्नो बढ्दो प्रभावप्रति असन्तुष्टिको परिणाम ठानेका छन् ।