मधेस प्रदेशका शिक्षामन्त्रीले दिइन राजीनामा

जनकपुरधाम । मधेस प्रदेशमा शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले राजीनामा दिएकी छन् । मन्त्री तिवारी आज मन्त्री पदबाट राजीनामा दिएकी हुन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को संयुक्त सरकारमा सहभागी तिवारीले मुख्यमन्त्री सतिशकुमार सिंहलाई राजीनामा पत्र बुझाउँदै आजकै मितिदेखि लागू हुनेगरी पदत्याग गरेको उल्लेख गरेकी छन् ।

मुख्यमन्त्री सिंहले भोलि प्रदेश सभामा विश्वासको मत लिने तयारी गरिरहेका बेला मन्त्री तिवारीले राजीनामा दिएकी हुन् ।