काठमाडौं । ाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)को सचिवालयले नेपाल प्रहरीका पूर्वएइआइजी देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधमा उजुरी दिएको छ । सुवेदीले प्रचण्डको निवासबाट जेनजी आन्दोलनको २ दिनअघि २ करोड रुपैयाँ २ ट्रकमा निकालिएको दाबी गरेको विषयमा उजुरी दिएको हो ।
सुवेदीको उक्त दाबीविरुद्ध चरित्रहत्या र भ्रम फैलाइएको भन्दै साइबर ब्युरोमा उजुरी दिइएको प्रचण्डको सचिवालयका संयोजक गोविन्द आचार्यले जानकारी दिए ।
यसअघि सचिवालयले वक्तव्य जारी गर्दै सुवेदीलाई २ करोडको प्रमाण पेश गर्न चुनौती दिएको थियो । उजुरीमा डिजिटल माध्यममार्फत गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान गरी कानुनी कारबाहीको माग गरिएको छ ।
प्रतिक्रिया