संसद विघटनविरुद्ध अदालत जाने एमालेकाे तयारी

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको निष्कर्ष निकाल्दै पुनस्र्थापनाका लागि अदालत जाने तयारी गरेको छ ।

हिजाे साँझ सकिएको केन्द्रीय सचिवालय बैठकले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको निष्कर्षसहित पुनस्र्थापना हुनुपर्ने माग लिएर अदालत जाने निर्णय गरेको हो।

एक पदाधिकारीले संसद विघटन असंवैधानिक भएकाले यसलाई सच्याउन र जननिर्वाचित संस्थालाई ब्युँताउन अदालत जाने निर्णय भएकाे बताए ।

यस्तै, एमालेले केन्द्रीय कमिटी बैठक लगत्तैदेखि सुशीला कार्की नेतृत्वको सरकारविरुद्ध सडक आन्दोलन थाल्ने पनि निर्णय गरेको छ ।

बैठकपछि पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले केन्द्रीय कमिटीको बैठकपछि जनपरिचालनका कार्यक्रम गर्ने जानकारी दिए । आगामी २९ देखि ३१ गतेसम्म केन्द्रिय कमिटी बैठक तय भएको छ । त्यस लगत्तै आन्दोलन गर्ने सचिवालय बैठकले निर्णय गरेको हो ।