युएईविरुद्ध नेपालकाे जित

काठमाडौं । आइसिसी पुरुष टि ट्वान्टी एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्समा युएईविरुद्ध नेपालले जित हात पारेकाे छ ।

दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट बलिङ र फिल्डिङमा नेपालले रोमाञ्चक जित दर्ता गरेको हाे ।

नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको युएई २० ओभरमा ९ विकेट गुमाएर १३९ रन मात्र सिमित बन्न पुग्याे ।