शिक्षक नियुक्तिका लागि चार लाख पचास हजार घुस लिने प्रधानाध्यापकसहित दुई जना पक्राउ

राैतहट । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले रौतहटमा ४ लाख ५० हजार घुस लिएका प्रधानाध्यापकसहित दुई जनालाई पक्राउ गरेकाे छ।

जय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक संजयप्रसाद र बिचौलिया अरविन्द प्रकाश साहकानुलाई पक्राउ गरेको हो । उनीहरूलाई टोलीले पर्सा वीरगञ्ज महानगरपालिका–१३ अदातरो स्थित एक होटलबाट घुससहित नियन्त्रणमा लिएको हो ।

अख्तियार प्रवक्ता राजेन्द्रप्रसाद पौडेलका अनुसार विद्यालयले शिक्षक आवश्यक भनी खुलाएको विज्ञापनमा बिचौलियासँग मिलेर घुस लिएको आरोप छ ।