युवा संघले भोलीको र्‍याली गर्न नपाउने, प्रशासनले दिएन अनुमति

काठमाडौं । नेकपा एमाले सम्बद्ध युवा संघलाई मोटरसाइकल र्‍याली गर्नमा रोक लगाएको छ । सुरक्षा चुनौतीको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौंले र्‍याली गर्नमा रोक लगाएको हो ।


युवा संघले शनिबार काठमाडौंमा मोटरसाइकल र्‍यालीको आयोजना गर्ने घोषणा गरेको थियो । तर काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले कुनै पनि समूह वा संगठनलाई र्‍याली, जुलुश र सभा जस्ता कार्यक्रम गर्न अनुमति नदिइएको जनाएका हुन् ।