काठमाडौं । पोखराको लिचीघारी जग्गासँग जोडिएको घुस प्रकरणमा संलग्न तत्कालीन दुई मन्त्रीसहित सातजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र घुस लेनदेनमा जोडिएकी पूर्वभूमिसुधारमन्त्री रञ्जिता श्रेष्ठसमेतलाई प्रतिवादी कायम गरेर घुस लेनदेनको कसुरमा मुद्दा दायर भएको हो । घुस लेनदेनमा संलग्न सुजन लामासहित पाँचजना बिचौलियालाई पनि अख्तियारले प्रतिवादी कायम गरेको छ । उनीहरूलाई कसुरका आधारमा अलगअलग बिगो कायम गरिएको छ।
अख्तियारका अनुसार राजकुमार गुप्तासँग ७८ लाख रुपैयाँ बिगो माग दाबी गरेको छ । बिचौलियासँग क्वार्टरमै ७८ लाख रुपैयाँ घुसको बार्गेनिङ गरेपछि विवादबिच गुप्ताले गत ३१ असोजमा मन्त्री पदबाटै राजीनामा दिएका थिए।
प्रतिक्रिया