कुन राजमार्गकाे अवस्था कस्ताे छ ?

काठमाडौं । काठमाडौं उपत्यका लगायत अहिले देशका अधिकांश स्थानमा वर्षा रोकिए पनि केही राजमार्गहरू भने अवरुद्ध नै छन् ।

काठमाडौं उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको छ । नाकाहरूको आवागमन पनि सामान्य रहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ ।

तर बाढी पहिरोका कारण विभिन्न सडकखण्डहरुको अवस्था अहिले पनि असामान्य छ ।

देशका कुन राजमार्गहरूको अवस्था कस्तो छ ?

बिपी राजमार्गमा पर्ने काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ११ माम्तीखोला, बुलढुंगा र डालावेशीमा पहिरोका कारण आवत-जावत अवरुद्ध रहेको छ ।

२ कोशी राजमार्गमा पर्ने संखुवासभाको मकालु गाउँपालिका ३ एकुवा र भोटखोला गाउँपालिका ४ बरूणमा खसेको पहिरोका कारण सवारी साधन चल्न सकेका छैनन् ।

३ पासाङल्हामु राजमार्गमा पर्ने रसुवाको गोसाईकुण्ड गाउँपालिका २ स्थित घट्टेखोला, बालुवाखानी र तातोपानीमा खसेको पहिरोको कारण सवारी साधन चल्न सकेका छैनन् ।

४ रसुवाको गोसाईकुण्ड गाउँपालिका २ रसुवागढी स्थित नेपाल र चीन नाका जोड्ने मितेरी पुलमा गत असार २४ गते आएको बाढीले क्षति पुर्‍याएकाले सवारी आवागमन अवरुद्ध रहेको छ ।