काठमाडौं ।प्रधानमन्त्री सुशीला कार्कीले यस वर्ष बडा दसैँको टीका जमरा नलगाउने घोषणा गरेकी छन ।
प्रधानमन्त्री सचिवालयले आज जारी गरेको वक्तव्यमा भनिएको छ, ‘हालै सम्पन्न जेनजी आन्दोलनका क्रममा धेरै युवाहरूले ज्यान गुमाएको पीडादायी सन्दर्भमा प्रधानमन्त्रीज्यूले दसैँको टीका जमरा नलगाउने निर्णय लिनुभएको छ।
वक्तव्यमा दसैँ हर्षोल्लासको चाड भए पनि वर्तमान परिस्थितिमा शोक, समवेदना र संवेदनशीलता आवश्यक रहेको उल्लेख छ। प्रधानमन्त्री कार्कीले देशवासीहरूलाई पनि यसपालि टीका जमरा लगाउने कुनै औपचारिक कार्यक्रम नरहेको जानकारी गराएकी छन् ।
प्रतिक्रिया