भुवन राणाकाे घरमा प्रहरीकाे छापा

काठमाडौं ।नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका साला तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणाका भाइ भूषण राणाको घरमा प्रहरीले छापा मारेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जावलाखेलस्थित राणाको घरमा प्रहरी घेराबन्दी गरेर सामानहरू खानतलासी र बरामद गरेको हो ।

२३ र २४ भदौको आन्दोलनका बेला पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा अस्वाभाविक रकम भेटिएको थियो । त्यसबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन गरिरहेको छ । सम्पत्ति शुद्धीकरणको लागि भइरहेको अनुसन्धानमा भूषण समेत जोडिन सक्ने देखेर प्रहरीको टोली त्यहाँ पुगेको हो।