काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक डाकेका छन् । बैठक भाेली (आइतबार ) दिउँसो १ बजे भक्तपुरको गुण्डुस्थित ओली निवासमै बस्ने गरि बोलाइएको हो ।
जेनजी आन्दोलनका कारण सरकारबाट बाहिरिन बाध्य भएका ओलीले बोलाएको यो पहिलो बैठक हो । बैठकमा आगामी रणनीतिबारे छलफल हुने छ ।
गत २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा पार्टी कार्यालय आगजनी र तोडफोड भएको थियो । अध्यक्ष ओलीको बालकोटस्थित निवासमा पनि आगजनी भएपछि उनी अहिले गुण्डुमा बस्दै आएका छन् ।
प्रतिक्रिया