काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ ।
आज सकिएको केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटी भंग गरि अध्यक्ष प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक कमिटी गठन गरेको हो ।
महाधिवेशनले पार्टीलाई क्रान्तिकारी रूपान्तरण गर्ने निर्णय समेत गरेको छ । यस्तै बैठकले फागुन २१ मा घोषित चुनाव समयमै गर्न सरकारलाई सहयोग गर्ने पनि निर्णय गरेको छ।
प्रतिक्रिया