काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक जारी छ । दोस्रो दिनको बैठक प्रज्ञा भवनमा मध्याह्नबाट बैठक सुरू भएको हो।
बैठकमा अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत राजनीतिक तथा संगठनात्मक प्रस्ताव, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माका पूरक प्रस्तावहरूमाथि विभिन्न टोलीका नेताहरूले आफ्ना धारणा राख्नेछन्।
छलफलका लागि सातवटा भौगोलिक र तीनवटा गैरभौगोलिक गरी १० वटा समूह बनाइएको छ।
प्रत्येक समूहको टोली नेताले निष्कर्ष र सुझाव हलमा प्रस्तुत गर्नेछ।
कोशीबाट अजम्बर काम्आंग, मधेसबाट मातृका यादव, बागमतीबाट सरल सहयात्री, गण्डकीबाट हरि अधिकारी, कर्णालीबाट महेन्द्रबहादुर शाही, सुदूरपश्चिमबाट हरि ज्ञवली ुअखण्डु, उपत्यका विशेष प्रदेशबाट जगत सिंखडा, सम्पर्क विशेष प्रदेशबाट यशोदा सुवेदी र प्रवासरआयोगबाट आर।बि खड्काले टोली नेता छन्।
उनीहरूले आफ्नो समूहको छलफलको सार हलमा प्रस्तुत गरेपछि अध्यक्ष प्रचण्डले जबाफ दिनेछन्।
प्रतिक्रिया