अध्यागमन विभाग दशैंमा नि खुल्ने

काठमाडौं । अध्यागमन विभागको पर्यटक भिसा र एजेन्सी शाखा दशैंमा पनि खुल्ने भएको छ । विभागले विजया दशमीको दिन बाहेक अन्य बिदामा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सेवा प्रवाह गर्ने जानकारी दिएको हो ।

सूचनामा लेखिएको छ, ‘बडादशैंको अवसरमा पर्ने सार्वजनिक बिदाको अवधिमा मिति २०८२–०६–१६ गते विजया दशमीको दिन बाहेक अन्य दिनमा ११ बजेदेखि १ बजेसम्म यस विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवाहरु खुला रहने व्यहोरा जानकारी गराइन्छ ।’