नयाँ पुस्तालाई अवसर दिनका लागि अध्यक्ष पद छोडेः भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीको अध्यक्ष पदबाट राजिनामा दिएका डा. बाबुराम भट्टराईले पुस्तान्तरणका लागि आफूले पार्टी नेतृत्व त्यागेको बताएका छन् ।


उनले केन्द्रीय समिति बैठकमा अध्यक्ष पद त्यागको घोषणा गरेपछि आज पत्रकार सम्मेलन गर्दै जेनजी आन्दोलनले अब केही दशक देशलाई नेतृत्व गर्न नयाँ पुस्ता ल्याएको बताए।

उनले भने, ‘हामीले नयाँ पुस्तालाई अब अवसर दिनुपर्छ। पुराना दलहरू कि रूपान्तरण भएर कि सच्चिनुपर्छ कि सच्चिनुपर्छ। त्यसैले अब वैकल्पिक शक्तिहरूले पनि आफ्नो समूह र पार्टीहरू छन्, सबैले नयाँ पुस्तालाई अघि सार्नुपर्छ भनेर मैले पद त्याग गरेको छु। म अभियान र आन्दोलनबाट अलग भएको होइन।’

उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति नभएसम्म देशले स्थायित्व नपाउने समेत बताए।

उनले थपे, ‘नयाँ शक्ति अभियान एउटा, अर्को विवेकशील साझा छ। अर्को स्वतन्त्रको रूपमा आएको छ, बालेन, हर्कलगायतले स्वतन्त्र अभियान चलाइराख्नुभएको छ। अहिले जेनजी नयाँ पुस्ताको रूपमा आएको छ। स्वतन्त्र ठुलो शक्ति छ। त्यसैले यी सबै शक्तिलाई अघि ल्याउन हाम्रो पुस्ताले मार्ग प्रशस्त गर्नुपर्छ।’