प्रधानमन्त्रीसँग काठमाडौं महानगरपालिकाका मेयर बालेनकाे भेट, के भाे कुराकानी ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) र प्रधानमन्त्री सुशीला कार्कीबीच आज बिहानै भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर बालेनले कार्कीसँग आधा घण्टा छलफल गरेका हुन् । उनीहरुबीच भेटमा जेनजी आन्दोलनले उठाएको माग र मुद्दामा छलफल भएको बालेन स्रोतले जानकारी दियो ।

जवाफमा प्रधानमन्त्रीले जेनजीको मागमा आफू प्रतिबद्ध रहेको बताएकी थिइन् । उनले निर्वाचन र सुशासनलाई आफूले केन्द्रमा राखेको बताएको स्रोतले जानकारी दियो ।