शिक्षा मन्त्री पुन आजदेखि मन्त्रालयमै बस्ने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुन आजदेखि मन्त्रालयमै बस्ने भएका छन् । सोमबार शपथ लिएर पदभार ग्रहण गरेपछि मन्त्री पुनले मन्त्रालयमै बस्ने व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

यसपछि मन्त्री पुनलाई केशर महलमा नै बस्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । कोठा भेटिएको र आज बेलुकाबाट मन्त्रालयमै बस्ने जनाइएको छ । पुनका लागि एक सेट सुत्ने खाने व्यवस्था मिलाइएको छ ।

सिंहदरबारभित्र रहेको मन्त्रालय जेनजी आन्दोलनमा जलाइपछि केशर महलबाट मन्त्रालयले सेवा प्रवाह गरिरहेको छ । मन्त्रालयको सेवामा असर नपर्ने गरी कोठा तयार पारिएको जनाइएको छ ।