काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेटघाटलाई तिव्रता दिएका छन् । जेनजी आन्दोलनका कारण भदौ २४ गते प्रधानमन्त्रीबाट राजिनामा दिएर सैनिकको सुरक्षा घेरामा रहेको ओली असोज २ गते भाडाको घर लिएर भक्तपुरस्थित गुण्डु सरेका थिए ।
त्यहाँ सरेपछि उनले आफ्ना कार्यकर्ताहरुलाई भेटघाट गर्न थालेका छन् । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले उनको बालकोटस्थित घरमा तोडफोठड तथा आगजनी गरेर ध्वस्त बनाएका थिए ।
यसपछि उनलाई भाडाको घर खोजिएको थियो । एमाले युवा नेता महेश बस्नेतले अध्यक्ष ओलीलाई भाडाको घर खोजिदिएपछि उनी गुण्डु सरेका हुन् ।
हाल देशका विभिन्न स्थानबाट आएका कार्यकर्ताहरुलाई उनले सोही भाडाको घरमा भेटघाट गर्ने गरेका छन् ।
प्रतिक्रिया