ताप्लेजुङ । फुङलिङ नगरपालिका–६ बाजोगरा बस्ने मिलन गुरूङको घरमा सोमबार दिउँसो आगलागी हुँदा करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
ललितपुर, ललितपुर महानगरपालिका–३ पुल्चोकस्थित सत्यनारायण मानन्धरको किराना पसलमा विद्युतको तार सर्ट भई मंगलबार बिहान आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया