काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते सुन्धारास्थित सेन्ट्रल जेल (केन्द्रीय कारागार, जगन्नाथदेवल) बाट भागेका टोपबहादुर रायमाझी आज डिल्लीबजार कारागार कार्यालयमा हाजिर भएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रायमाझी विघठित प्रतिनिधिसभामा अर्घाखाँचीबाट निर्वाचित सांसद समेत हुन् । कारागार व्यवस्थापन विभागले विभिन्न कारागारबाट निस्किएका कैदी, बन्दीलाई अनुकूल हुने कारागारमा आफैँ उपस्थित हुन सूचना निकालेको थियो । यसैअनुसार उनी कारागार उपस्थित भएका हुन् ।
प्रतिक्रिया